नेपाललाई टेष्ट राष्ट्रविरुद्ध पहिलो जित निकाल्ने अवसर, श्रीलंकाका लागि ‘गर या मर’ को खेल

काठमाडौं । नेपालको राष्ट्रिय टीमले अन्तर्राष्ट्रिय प्रतियोगितामै पहिलो पटक श्रीलंकाको सामना गर्न लागेको हो । अमेरिकाको फ्लोरिडास्थित लडरहिलमा रहेको सेन्ट्रल ब्रोवार्ड पार्क एन्ड ब्रोवार्ड काउन्टी स्टेडियममा बुधबार बिहान सवा ५ बजे सुरु हुनेछ।

सिनियर क्रिकेटमा नेपाल र श्रीलंका पहिलो पटक भिड्न लागेका हुन्। तर उमेर समूहमा भने यी दुई टोलीबीच भेट भइसकेको छ। सन् २०१६ मा भएको यू–१९ एसिया कपमा यी टोली भेट भएका थिए। त्यो बेलाको टोलीबाट अहिले दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, कमल सिंह ऐरी र सन्दीप लामिछानेले खेलेका थिए।

जुन खेलमा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको थियो। यसअघि दुई खेलमा साउथ अफ्रिका र बंगलादेशविरुद्ध लगातार पराजय व्यहोरेको श्रीलंकाका लागि यो ‘गर या मर’ को खेल हो । क्रिकेटमा नेपालभन्दा धेरै बलियो राष्ट्र हो श्रीलंका, जसले एक पटक टी-२० विश्वकपसमेत जितिसकेको छ र दुई पटक उपविजेता बनेको छ । नेपाल भने दोस्रो पटक टी-२० विश्वकपमा सहभागी हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here