सिंहदरबारभित्रै बाल श्रमिक, महानगरको टोलीले गर्‍यो ५ जना बालबालिकाको ‘उद्धार’

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबार चमेना गृहबाटबाट पाँच जना बाल श्रमिकहरूको उद्धार गरेको छ । महानगरको टोलीले बुधबार सिंहदरबारभित्र चमेना गृहमा कार्यरत पाँच जना बालबालिकाकाे उद्धार गरेकाे हाे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको केन्द्रीय चमेना गृहबाट तीन जना बालिका, ऊर्जा तथा जलस्रोत मन्त्रालयको १ जना बालक र उद्योग तथा बाणिज्य मन्त्रालयको क्यानटिनबाट १ जना बालक गरी पाँच जना बालबालिकाको उद्धार गरेको हो ।

पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने भन्दै सार्वजनिक सूचना निकालेको थियो। तर पनि धेरै ठाउँमा बालश्रम गराइरहेको पाएपछि महानगरले बालबालिकको उद्धार गर्ने अभियान चलाएको छ।

काठमाडौं महानगरको बाल उद्धार टोलीले १९ जना बालिका र १८ जना बालक गरी ३७ जनालाई जोखिमबाट उद्धार गरिसकेको छ । उनीहरूलाई विभिन्न ६ वटा संरक्षण गृहहरूमा राखेका छन् ।

उद्धार गरिएका बालबालिकाहरू घरेलु श्रमिक, होटेल र होस्टल, यातायात क्षेत्र (जोखिममा रहेका र संरक्षणको आवश्यकता भएका) का बालबालिकाहरूले आफू जोखिममा रहेको खबर गरेपछि उद्धार गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here