अस्ट्रेलियाले गर्‍यो भिसामा थप कडाइ, भिजिटरवाहकले विद्यार्थी भिसा नपाउने

काठमाडौं । अन्तर्राष्ट्रिय विद्यार्थी भिसामा कडा नियम लगाउँदै आएको अस्ट्रेलियाले अझ कडाई गरिने जनाएको छ । अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलले अर्को महिनादेखि पर्यटक भिसामा रहेका तथा यहाँको टीआरमा रहेका कसैले पनि विद्यार्थी भिसा आवेदन दिन नपाउने नियमको घोषणा गरेकी छिन् ।

जुलाई १ देखि यो नियम लागु हुनेछ । मन्त्री ओनिलले विद्यार्थी र अन्य अस्थायी भिसा भएकाहरूलाई अनिश्चितकालसम्म अस्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको बताएकी छन् । काठमाडौं । अस्ट्रेलियाले विद्यार्थी भिसामा थप कडाइ गरेको छ । अस्ट्रेलियामा अब पर्यटक भिसामा रहेका तथा ग्राजुएट भिसा (टीआर)मा रहेकाले विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन् ।

अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिलका अनुसार जुलाई १ देखि यो नियम लागु हुनेछ । मन्त्री ओनिलले विद्यार्थी र अन्य अस्थायी भिसा भएकाहरूलाई अनिश्चितकालसम्म अस्ट्रेलिया बस्न नदिने उद्देश्य रहेको बताएकी छन् ।

पछिल्लो दस महिनामा पर्यटक भिसाबाट विद्यार्थी भिसामा आवेदन दिनेको संख्या ३६ हजार नाघेको मन्त्री ओनिलले जानकारी दिएकी छन् । विद्यार्थीको संख्या बढेसँगै अस्ट्रेलियामा रोजगारसँगै आवासको समस्या गम्भीर रुपमा बढेको छ ।

अहिले अस्ट्रेलियामा आएका नयाँ विद्यार्थीलाई कोठाभाडा र जागिर पाउन अत्यन्तै समस्या मात्र भइरहेको छैन कि साताको २४ घण्टामा मात्र काम गर्न पाउने अधिकारले कलेजको फि तिर्न र आफू बाँच्न समेत धौ धौ हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here