नेपाल आज टेस्ट राष्ट्र जिम्बाब्वेसँग भिड्दै

काठमाडौं, १० असोज । टेस्ट राष्ट्र जिम्बाब्वेसँग नेपाल आज टी-२० क्रिकेट त्रिकोणात्मक सिरिजमा भिड्दैछ ।

टेष्ट मान्यता पाएको भएपनि जिम्बाब्वे क्रिकेट पछिल्लो समय घरेलु कलहका कारण लयमा भने छैन । नेपाल, सिंगापुर र जिम्बाब्वे यस सिरिजमा भिडन लागेका हुन् ।

शुक्रबार साँझ इण्डियन एसोसिएसन क्रिकेट मैदानमा नेपाली समयअनुसार ५ : १५ मा खेल हुने तय भएको छ ।

टेष्ट राष्ट्र जिम्बाब्वेलाई पराजित गर्न सके त्यो नेपाली टोलीका लागि ऐतिहासिक उपलब्धी हुने छ । किनकी नेपालले टेस्ट देशलाई अहिलेसम्म पराजित गरेको छैन ।

त्यसो त टेस्ट मान्यता प्राप्त देशसँग सन् २०१४ को विश्वकपमा बंगलादेशसँग खेल्नुबाहेक मौका पनि मिलेको छैन । खेल डबल राउण्ड रोविनको आधारमा सञ्चालन हुनेछ ।

नेपालले आफ्नो दोस्रो खेल शनिबार सिंगापुरसँग खेल्ने तय भएको छ । तेस्रो खेलमा जिम्बाब्वेसँग १ अक्टोबरमा हुने छ ।

१ अक्टोबरमा नेपाल र सिंगापुर भिड्नछने । शीर्ष दुई स्थानमा रहने टोली फाइनलमा पुग्ने गरी खेलतालिका बनाइएको छ । नेपाल पारस खड्काको कप्तानीमा मैदानमा उत्रिदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here