बच्चाको आँखाको लागि घर बाहिरका खेल फाइदाजनक

काठमाडौं । पछिल्लो समय अधिकांश बच्चाहरुको विदा मोवाइल कम्प्युटर र टिभि हेरेरै वित्ने गरेको छ । त्यसो त विद्यालय जानुपूर्व वा पछी पनि धेरै बच्चाहरु घरभित्र विद्युतिय साधनहरुसँग रमाइरहेका हुन्छन् ।

तर, चिकीत्सकहरुको अनुसार दैनिक घण्टौं समय यस्ता भिडीयो गेमहरु खेल्ने बच्चाहरुको आँखाको रोशनी कमजोर हुन्छ ।

हरेक घरमा मोवाइल कम्प्यूटर तथा ट्याबलेट जस्ता साधन उपलब्ध भएको कारण बच्चाहरु घरबाहिर निस्कने, साथीहरुसँग खेल्ने जस्ता कार्यहरु गर्न बिर्सीसकेका छन् । त्यसो त अविभावकहरु पनि बाहिर जाँदा बच्चा असुरक्षित हुने भन्दै घरमै राख्न रुचाउँछन् ।

बन्द कोठामा वा घरभित्र बस्दा शरीरमा आवश्यक मात्रामा घामको प्रकास जान पाउँदैन् । हाम्रो आँखाको लागि प्रशस्त मात्रामा घामको प्रकास वा ज्योति आवश्यक हुन्छ । शरीरले आवश्यक मात्रामा घामको प्रकास प्राप्त गर्दा हाम्रो आखाँ बुढेसकालसम्म पनि स्वस्थ रहिरहन्छ ।

यस्ता प्रविधिका कारण आँखामा असर पैदा हुन्छ । त्यसकारण बच्चाहरुलाई घण्टौंसम्म यस्तो सामाग्री हेर्न दिनु हुँदैन् ।

किन हुन्छ बच्चाको आँखा कमजोर ?

आँखा कमजोर हुनुको प्रमुख कारण हाम्रो शरीरमा घामको ज्योति नपर्नु हो । यदी बच्चाचहरु धेरै समयसम्म भिडीयो गेमहरु खेल्छन्, धेरै समय पढ्छन् र घामभन्दा टाढा रहन्छन् भने यस्ता बच्चामा आँखासम्बन्धी समस्या देखा पर्छ ।

बच्चाहरुलाई यस्तो उपकरणहरुबाट टाढा राख्दै घरबाहीरका खेलकुदमा सरिक बनाउनुपर्छ ।

स्वस्थ आँखाको लागि भिटामीन आवश्यक

आँखा स्वस्थ बनाइराख्नको लागि भिटामीन ए, सी र ई अत्यन्त आवश्यक हुन्छ । सुन्तला, मौसम, केरा, फर्सि जस्ता खाद्य पदार्थमा यी भिटामीन प्रसस्त मात्रामा पाईन्छ ।

यो बाहेक हरियो सागसब्जी, बन्दा, काउली, गाँजर तथा अन्य फलफुललले पनि बच्चाको आँखालाई स्वस्थ बनाउछ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here