विश्वकपमा वेस्ट इन्डिजले बनायो सबैभन्दा ठूलो स्कोर

एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत वेस्ट इन्डिजले अफगानिस्तानलाई २१९ रनको लक्ष्य दिएको छ ।

सेन्ट लुसियाको ग्रोस आइलेटस्थित ड्यारेन सामी क्रिकेट मैदानमा मंगलबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ११८ रनको विशाल स्कोर खडा गरेको हो । यो लक्ष्य जारी विश्वकपको सबैभन्दा ठूलो स्कोर हो । यसअघि अस्ट्रेलिया र श्रीलंकाले २०१ रन बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here