वेस्ट इण्डिजसँग अफगानिस्तान १०४ रनले पराजित

एजेन्सी । टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा आयोजक वेस्ट इण्डिजले अफगानिस्तानलाई १ सय ४ रनले हराएको छ ।

समूह चरणको अन्तिम खेलमा वेस्ट इण्डिजले दिएको २१९ रनको लक्ष्य पछ्याउनेक्रममा अफगानिस्तान १६.२ ओभरमा १ सय १४ रनमा अलआउट भयो । अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक ३८ रन बनाए।

अजमातुल्लाह उमरजाई २३ रन बनाएको खेलमा कप्तान राशिद खानले १८ रन जोडे भने करिम जनातले १४ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दाहोरो अंकमा रन जोड्न सकेनन्। योसँगै समूह ‘सी’ बाट वेस्ट इण्डिज विजेताको रूपमा सुपर–८ मा पुग्यो । अफगानिस्तान समूह उपविजेताको हैसियतमा सुपर–८ मा प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here