काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न १७ जनाले आवेदन दिएका छन् । आवेदन बुझाउनेमा टेलिकमकी बहालवाला निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी राजेश जोशी, अनन्तप्रकाश मल्लिक, डा. बिमल आचार्य, प्रेमप्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्णप्रसाद भण्डारी, अनिलकुमार झा, डा. शालिग्राम पराजुली छन्।
यस्तै टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, लक्ष्मण महर्जन, सुवास साह, नागेन्द्रकुमार दास, केदारनाथ कोइराला, कमल लामिछाने, रमेशप्रसाद जोशी र शालिकराम सुवेदीले आवेदन बुझाएका छन्।
हाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी संगीता पहाडी अर्यालले सम्हाल्दै आएकी छन् ।