सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदीको घट्यो

काठमाडौं । सुन तीन दिनदेखि एउटै मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारदेखि छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो हप्ताको पहिलो दिन आइतबार भने छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको १ लाख ४१ हजार पाँच सय रुपैयाँ हुँदा चाँदीको मूल्य भने घटेको छ। बुधबार चाँदी तोलाको १ हजार ८०५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। महासंघका अनुसार मंगलबार चाँदी तोलाको १ हजार ८१५ रुपैयाँ थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here