इजरायलले ९२ हजार विदेशी कामदार लैजाने, सबैभन्दा धेरै कृषिमा

काठमाडौं । इजरायल सरकारले ९२ हजार विदेशी श्रमिक भित्र्याउने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका महानिर्देशक योसी शेलीको अध्यक्षतामा बसेको विदेशी श्रमिकसम्बन्धी उच्चस्तरीय समितिको बैठकले ९२ हजार श्रमिक भित्राउने निर्णय गरेको हो ।

बैठकले कृषि, उद्योग, होटल र रेस्टुरेन्ट क्षेत्रका लागि कोटा निर्धारण गरेको छ । जसमा सबैभन्दा बढी कृषि क्षेत्रमा ६५ हजार, उद्योगमा १३ हजार दुई सय, होटलमा ६ हजार ८ सय र रेस्टुरेन्ट क्षेत्रमा दुई हजार जना रहेका छन् ।

इजरायलले विदेशी श्रमिक ल्याउने देश भने छुट्याएको छैन । प्यालेस्टाइनसँगको युद्धका कारण इजरायलको कृषि क्षेत्रले उत्पादन र जनशक्तिमा ठूलो नोक्सानीको सामना गरिरहेको छ ।

रेस्टुरेन्टका लागि विदेशी कामदारहरूलाई अनुमति दिएको यो पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here