डेंगु संक्रमित बढे, सबैभन्दा धेरै काठमाडौंमा

काठमाडौं । काठमाडौं उपत्यका सहित देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढेको छ । गत पुसको मध्यदेखि हालसम्म १ हजार १७५ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडीसीडी)को पछिल्लो तथ्यांकले देखाएको छ ।
मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङ जिल्लाबाहेक अन्य जिल्लामा डेंगु भेटिएको छ ।

तथ्यांक अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ४०३ डेंडु संक्रमित भेटिएका छन् ।

त्यस्तै कोशीमा २७७, गण्डकीमा १८७, लुम्बिनीमा १३९, सुदूरपश्चिममा ११८, मधेशमा ३४ र कणालीमा १७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here