टी-२० विश्वकप क्रिकेट खेलेर स्वदेश फर्कियो नेपाली टोली, सन्दीप दुई दिनपछि आइपुग्ने

काठमाडौं । टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको खेल खेलेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएका छन्। नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरेका थिए।

अमेरिका र वेस्टइण्डिजमा भएको विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले चार खेल खेलेकोमा तीनमा हार तथा एक खेल बराबरी खेलेको थियो। नेपालले अमेरिकामा दुई खेल र वेस्टइण्डिजमा समान दुई खेल खेलको थियो।

अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो। कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करण केसी र अविनाश बोहराको समूह हिजो राति १० बजे आइपुगेका थिए ।

सन्दीप लामिछाने आउन बाँकी रहेको छ । अन्य सदस्य अमेरिका भएर नेपाल आए पनि उनी फरक बाटो भएर आउनु पर्ने भएकाले ढिला हुने भएको हो ।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी क्यानडा वा अर्को रुटबाट आउनु पर्ने भएको छ । दुई दिनपछि उनी आइपुग्ने बताइएको छ । उनीसँगै प्रशिक्षक मोन्टी देशाई पनि आइपुगेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here