कोपा अमेरिका :साविक विजेता अर्जेन्टिनाको विजयी सुरुवात

एजेन्सी । साविक विजेता अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ। शुक्रबारबाट सुरु भएको यस प्रतियोगिताको उद्घाटन खेलमा अर्जेनिटनाले क्यानडामाथि २–० को सहज जित हासिल गरेको हो। दोस्रो हाफको चौथो मिनेटमा अर्जेन्टिनाका जुनियर अल्भारेजले पहिलो गोल गर्दै अग्रता दिलाए। खेलको ८८औँ मिनेटमा मार्टिनेजले गोल गर्दै जित सुनिश्चत गरे। १५ पटकको विजेता अर्जेन्टिनाले समूह एमा पहिलो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। यो समूहमा पेरु र चिली रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here