नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्ने दौडमा १६ जना !

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदका लागि दरखास्त दिएकामध्ये १६ जनाको नाम स्वीकृत भएको छ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १७ जनाले आवेदन दिएका थिए ।

१६ जनाको नाम सर्टलिस्ट गरिएकोमा टेलिकमकी बहालवाला निमित्त प्रबन्ध निर्देशक संगीता पहाडी, टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धिप्रसाद र जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झा छन् । त्यस्तै राजेश जोशी, अनन्तप्रकाश मल्लिक, डा बिमल आचार्य, प्रेमप्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्णप्रसाद भण्डारी, डा शालिग्राम पराजुली, लक्ष्मण महर्जन, नागेन्द्रकुमार दास, केदारनाथ कोइराला, कमल लामिछाने, रमेशप्रसाद जोशीको आवेदन स्वीकृत भएको छ।

आवेदन दिएका मध्ये सुवास साह भने सर्टलिस्टमा पर्न सकेनन्। आवेदन बुझाएकामध्ये अधिकांश टेलिकममा कार्यरत छन्।
बराल नेपाल टेलिभिजनमा निर्देशकको रुपमा कार्यरत छन् भने झा जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here