कमिन्स जारी विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी

एजेन्सी । वर्षाले प्रभावित भएको आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर आठको चौथो खेलमा अष्ट्रेलिया २८ रनले विजयी भएको छ। १४१ रनको लक्ष्य पछ्याउने क्रममा ११.२ ओभरमा अष्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएर खेलिरहेको थियो।

सोही समयमा पानी परेपछि खेल प्रभावित भएको थियो। अष्ट्रेलियाका लागि प्याट कमिन्सले ह्याट्रिक गर्दा, एडम जाम्पा दुई तथा ग्लेन म्याक्सवेल, मार्कस स्टोयनिस र मिचेल स्टार्कले समान एक–एक विकेट लिए।

जितसँगै समूह १ मा रहेको अष्ट्रेलिया समूहको शीर्ष स्थानमा पुगेको छ। भारत दोस्रो स्थानमा रहँदा अफगानिस्तान तेस्रो र बंगलादेश चौथो स्थानमा छ। अस्ट्रेलियाका फास्ट बलर प्याट कमिन्सले बंगलादेशविरूद्ध ह्याट्रिक विकेट लिएर इतिहास रचेका छन् ।

उनी जारी टी-२० विश्वकप २०२४ मा ह्याट्रिक विकेट लिने पहिलो बनेका छन् भने अहिलेसम्म खेलिएका विश्वकपमा ह्याट्रिक लिने सातौं बलरसमेत बने । यसबाहेक उनी टी–२० अन्तर्राष्ट्रिय खेलमा ह्याट्रिक लिने चौथो अष्ट्रेलियाली बलर पनि बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here