जेठ महिनामा मात्र ७ अर्ब ९० करोड रुपैयाँको इभी आयात

काठमाडौं । जेठ महिनामा मात्रै करिब ३ हजार ओटा विद्युतिय गाडी आयात भएको छ । सरकारले १५ जेठमा आर्थिक विधेयक मार्फत विद्युतीय गाडी (ईभी)मा भन्सार र अन्तःशुल्क समेत गरी १० प्रतिशत कर बढाए पनि नेपालमा ७ अर्ब ९० करोड रुपैयाँ बराबरका आयात भएको हो ।

त्यसो त कर बढाउनु अगाडि वैशाखमा पनि ईभीको आयात बढेको थियो । बढेको ईभीको आयात आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गएको जेठ महिनामा मात्रै विभिन्न क्षमताका २ हजार ९ सय ६८ विद्युतीय चारपांग्रे सवारीसाधन नेपाल भित्रिएका हुन् । जसमध्ये सबैभन्दा बढी ५१ देखि १ सय किलोवाट क्षमताका विद्युतीय चारपांग्रे सवारीसाधनहरु नेपाल भित्रिएको देखिन्छ।

वैशाखसम्म ८ हजार ४ सय ९७ युनिट ईभी आयात भएकोमा एक महिनामै २ हजार ९ ६९ युनिट विद्युतीय गाडी आयात भएको देखिन्छ ।

वैशाखमा १ हजार ४०४ युनिट ईभी आयात भएको थियो । चालु आर्थिक बर्षको ११ महिना अर्थात साउनदेखि जेठसम्म मात्रै नेपालमा २९ अर्ब रुपैयाँ बढीका करिव साढे ११ हजार११ हजार ४ सय ६६ थान विद्युतीय चारपांग्रे सवारीसाधनहरु नेपाल भित्रिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here