नेपालका तीन खेलाडीले ग्लोबल टी–२० लिग खेल्ने

काठमाडौं । क्यानडामा आयोजना हुने ग्लोबल टी-२० लिगमा यस पटक ३ नेपाली खेलाडीले खेल्ने भएका छन्।

यस पटक नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पीनगर सन्दीप लामिछानेले ग्लोबल टी-२० लिग खेल्ने भएका हुन्। ग्लोबल टी-२० लिग आगामी जुलाईदेखि सञ्चालन हुँदैछ।

सन्दीप र दीपेन्द्रलाई भ्यानकुभर नाइट्सले भित्र्याएको हो । यसअघि सन्दीपले सरे जाग्वार्सबाट ग्लोबल ट्वान्टी–२० खेलेका थिए ।

रोहित टोरन्टो नेसनलमा आवद्ध भएका छन् । रोहितले पहिलोपटक लिग खेल्न लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here