नेपाल बिल्डटेक एक्स्पो माघ पहिलो साता, भारतीय इन्गो रेगले आयोजनामा सघाउने

काठमाडौं, ११ असोज । नेपाल बिल्डटेक एक्स्पो २०२० आगामी माघको पहिलो साता भक्तपुरमा आयोजना हुने भएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघ, भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र इन्नो रेग इण्डियाको संयुक्त आयोजनामा आगामी जनवरी १७ देखि १९ सम्म (माघ ३–५) भक्तपुरको सल्लाघारी मैदानमा बिल्डटेक एक्स्पो आयोजना हुने भएको हो ।

राजधानीमा शुक्रवार आयोजित कार्यक्रममा एक्स्पो आयोजना सम्बन्धी सम्झौता पत्रमा महासंघको तर्फबाट वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे तथा इन्नो रेग ग्रुप अफ कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीशप्रसाद दशमानाले हस्ताक्षर गरे ।

निर्माण उपकरण, इन्टेरियर डिजाइनका सामाग्री, फर्निचर सहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित् १ सय ६० भन्दा बढी प्रदर्शनी कक्षहरु कुल ७० हजार स्क्वाएर फिट क्षेत्रफलको एक्स्पोमा रहने महासंघले जनाएको छ । तीन दिने यस एक्स्पो करीब २० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको महासंघका महासचिव रोशन दाहालको भनाइ छ ।

सोही अवसरमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले महासंघले आफ्नो इतिहासमा नै पहिलो पटक आयोजना गर्न लागेको एक्स्पो अन्तर्राष्ट्रियस्तरको हुने बताए । ‘निर्माण क्षेत्रमा रुची राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा निर्माण व्यवसायीहरुका लागि एक्स्पो कुम्भ मेला हुने अपेक्षा हामीले लिएका छौं,’ उनले भने ।

विश्व बजारमा आएका नयाँ नयाँ निर्माण उपकरणबारे अवगत गराउन समेत एक्स्पो उपयुक्त मञ्च हुने अध्यक्ष सिंहको भनाइ थियो । एक्स्पो मार्फत् सरोकारवालाहरुबीचको द्धिपक्षीय तथा बहुपक्षीय सम्बन्ध सहित व्यापार, लगानीको वातावरण र व्यापारिक सम्बन्ध समेत अझ प्रगाढ बन्ने पाण्डेले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव गोपाल सिग्देलले एक्स्पो सम्पन्न आवश्यक पर्ने सबै खालको सहयोग गर्न मन्त्रालय तयार रहेको प्रतिबद्धता जनाए ।

इन्नो रेग ग्रुपका प्रोजेक्ट डाइरेक्टर महेश ठाकुरले एक्स्पोमा सहभागी भएर निर्माण व्यवसायमा संलग्न जो कोही लाभान्वित हुन सक्ने दाबी गरे ।

२२औं साधारणसभा पनि माघमै

एक्स्पो सँगसँगै देशभरका २ हजार भन्दा बढी निर्माण व्यवसायीहरुको सहभागिता महासंघको २१ औं साधारण सभा पनि सोही अवसरमा शुरु हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

साधारण सभामा नेपाली निर्माण जगतमा देखिएका विविध समस्या र समाधानका उपायका विषयमा निर्माण व्यवसायीहरुबीच घनिभूत छलफल भई काठमाडौं घोषणा पत्र जारी गरिने महासंघले जनाएको छ ।

एस्पोको सहयोगी साझेदारहरुको रुपमा नेपालमा क्रियाशील सबै निजी संघ संस्थाहरुको छाता संगठन नेपाल उद्योण वाणिज्य महासंघ सहित नेपाल उद्योग परिसंघ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्स (वाइसीएनसी), सोसाइटी अफ नेपलिज आर्किटेक्चर्स (सोना), सोसाइटी अफ कन्सलटिङ आर्किटक्चरल एण्ड इन्जिनियरिङ फर्मस् (स्काफ नेपाल) र भारतको राजकोट हार्डवयर म्यानुफ्याक्चर एसोसिएन रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here