प्याट कमिन्सको कीर्तिमानी ह्याट्रिक

एजेन्सी । आईसीसी टी-२० क्रिकेट विश्वकपकपमा अष्ट्रेलियन फास्ट बलर प्याट कमिन्सले कीर्तिमानी ह्याट्रिक विकेट लिएका छन् । आइतबार बिहान अफगानिस्तानविरुद्ध सुपर-८ को खेलमा अफगानिस्तानविरुद्ध ह्याट्रिक विकेट लिंदै लगातार दुई खेलमा ह्याट्रिक लिने कीर्तिमान बनाए ।

कमिन्स टी-२० विश्वकपको एकै संस्करणमा लगातार दुई खेलमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी हुन् । उनले यसअघि बंगलादेशविरुद्धको खेलमा पनि ह्याट्रिक विकेट लिएका थिए । यस्तै टी-२० विश्वकप इतिहासमै दुई पटक ह्याट्रिक विकेट लिने पनि कमिन्स एक मात्र बलर हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here