अधिकारकर्मी सुशील प्याकुरेलले गरे राजदूत पद अस्वीकार

काठमाडौं । दक्षिण कोरियाको राजदूतका लागि सिफारिस भएका मानव अधिकारवादी नेता सुशील प्याकुरेलले राजदूत पद अस्वीकार गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र पठाउँदै बिना सल्लाह आफ्नो नाममा निर्णय भएको भन्दै सिफारिस फिर्ता लिइदिन अनुरोध गरेका छन् ।

‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्टभूमि, कार्यदक्षता, रुची, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु । यस सन्दर्भमा राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देख्दछु’ प्याकुरेलद्वारा जारी विज्ञप्तिमा छ ।

मन्त्रिपरिषद्को शुक्रबारकव बैठकले प्याकुरेलसहित ८ जनालाई राजदूत सिफारिस गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here