कोस्टारिकासँग बराबरीमा रोकियो उपाधि दाबेदार ब्राजिल

एजेन्सी । कोपा अमेरिका फुटबलमा ब्राजिल कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएको छ।

समूह ‘डी’ अन्तर्गत अमेरिकाको लस एन्जेलसस्थित सोफाइ रंगशालामा मंगलबार बिहान सम्पन्न खेलमा ब्राजिलले कोस्टारिकासँग गोलरहित बराबरी खेलेको हो । बराबरीसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् ।

यो बराबरीसँगै ब्राजिल र कोस्टारिका एक–एक अंकसहित समूहको दोस्रो र तेस्रो स्थानमा छन् । अब ब्राजिलले दोस्रो खेल जुन २९ मा पाराग्वेसँग खेल्नेछ भने कोस्टारिकाले कोलम्बियासँग खेल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here