टी–२० विश्वकप: अफगानिस्तान सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

काठमाडौं । आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित गरेको छ । यो जितसँगै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

अफगानिस्तान आईसीसी ट्रफी प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो । अब सेमिफाइनलका दुबै खेल जुन २७ मा हुने छन् । पहिलो सेमिफाइनलमा अफगानिस्तानले दक्षिण अफ्रिकाको सामना गर्नेछ । दोस्रो खेल भारत र इंग्ल्याण्डबीच हुनेछ । आईसीसी टी–२० विश्वकपको फाइनल खेल २९ जुनमा ब्रिजटाउनमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here