सकियो मेड इन नेपाल मेला, स्वदेशी उत्पादनप्रति सर्वसाधारणको रुची बढ्दो

काठमाडौं, ११ असोज । राजधानीमा आयोजित सातौँ ‘मेड इन नेपाल एक्सपो’ शनिबार सम्पन्न भएको छ ।

आयोजक नेपाली युवा उद्यमी मञ्चका अनुसार ४ हजार ५ सय भन्दा बढीले मेलाको अवलोकन गरेका छन् । दुई दिने एक्सपोमा अपेक्षा अनुसार कारोबार भएको मञ्चकी वरिष्ठ कार्यक्रम संयोजक शाखी सारापले बताइन् ।

मञ्चका अध्यक्ष निकोलश पाण्डेले सातौं संस्करणको मेड इन नेपाल मेलामा परिमाण भन्दा गुणस्तरलाई बढी ध्यान दिइएको बताए । ब्यापार गर्ने उद्देश्य भन्दा पनि

नेपाली युवा उद्यमीकोे उत्पादन बारे जानकारी गराउन मेला आयोजना गरिएको थियो जसमा हामी सफल भयौं, उनले भने ।

मेलामा १५ जना युवा उद्यमीलाई निःशुल्क स्टल दिएर प्रोत्साहन समेत गरिएको थियो ।

स्वदेशमै केही उद्यम गरिरहेका युवा उद्यमीलाई बजारीकरणमा सहयोग गर्न मेला आयोजना गरिएको मञ्चको भनाइ छ । यस्तो मेलामा आम्दानी गर्ने भन्दा पनि उत्पादित सामग्रीको बजारीकरणलाई प्राथमिकतामा राख्नुपर्ने पाण्डेले बताए ।

मेलामा स्वदेशी उत्पादनका करिब सय वटा अवलोकन कक्ष राखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here