बाढीमा जोखिम मोल्दै दाउराको जोहो (फोटो फिचर)

काठमाडौं । मनसुन सक्रियभएसँगै नदीमा पानीको वहाव पनि बढ्दै गएको छ । नदीमा पानीको सतह बढेसँगै नदीले बगाएर ल्याएको काठ दाउरा निकाल्ने मानिसहरुको जमात पनि नदी किनारामा बाक्लै भेटिन्छ ।

बाढी आएसँगै गजुरी, मलेखु र बेनीघाट आसपासका निम्न आय भएका हरेक मानिसहरुको दैनिकी यसैगरी त्रिशूली नदी किनारामा दाउरा निकाल्दै बित्ने गर्दछ । यसबाट आम्दानी भने निकै राम्रो हुने गरेको तर ज्यानको जोखिम भने उतिकै रहेको उनिहरुको भनाई छ ।

काठ र दाउरा संकलन गर्दा जोखिम भएपनि बिहान बेलुकीको छाक टार्नकै लागी जोखिमपूर्ण काम गर्नुपर्ने अवस्था आएको उनीहरूको भनाई छ । आम्दानी निकै राम्रो छ, यसरी निकालिएको दाउराको बिक्रीबाट घर खर्च समेत पुग्ने र बिक्री नभए आफैले घरमा चुलो बाल्न हुने भएकोले पनि उनिहरुले यस्तो काम गरेका हुन् ।


स्रोत: नेपाल टेलिभिजन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here