अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको फाइनलमा

एजेन्सी । दक्षिण अफ्रिकाले आईसीसी टी२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

टस जितेर सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको ५७ रनको सामान्य चुनौती दक्षिण अफ्रिकाले ८.५ ओभरमा ६० रन बनाउँदै पूरा गरेको हो। अफगानिस्तान ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र जोडेको थियो।

दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो । यसअघि एकदिवसीयमा पाँच र टी२० मा दुई पटक सेमिफाइनलबाट बाहिरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here