गुगल ट्रान्सलेटबाट ‘नेवारी’लाई अन्य भाषामा अनुवाद गर्न सकिने

काठमाडौं । गुगल ट्रान्सलेटमा नेपाल भाषा समेटिएको छ। योसँगै अब प्रयोगकर्ताले नेपाल भाषा (नेवारी)लाई कुनै पनि अन्य भाषामा ट्रान्सलेट अर्थात् अनुवाद गर्न सक्नेछन्। त्यस्तै, अन्य भाषालाई नेपाल भाषामा ट्रान्सलेट गर्न सक्नेछन्।

गुगलले बिहीबार एक ब्लगमार्फत् गुगल ट्रान्सलेटमा संसारको विभिन्न ठाउँमा बोलिने ११० वटा नयाँ भाषा थप गरेको जानकारी सार्वजनिक गरेको हो। तिनैमध्ये एक नेपाल भाषा रहेको छ।

कम्पनीका अनुसार हालैमात्र यसमा विश्वका ११० भाषा थपिएका छन् । विश्व नेवा संगठनले अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ)सँग​ सहकार्य गरी नेपालभाषालाई गुगल ट्रान्सलेटमा राख्न लामो समयदेखि काम गर्दै आएको थियो ।​

ट्रान्सलेट डट गुगल डटकम (translate.google.com) मा गएर आफूलाई ट्रान्सलेट गर्नुपर्ने भाषाको वाक्य बायाँतिरको बक्समा राख्नुपर्छ । यसपछि दायाँतर्फ कुन भाषामा अनुवाद गर्नुपर्ने हो, सम्बन्धित भाषा छनाेट गरेपछि तल रहेकाे बक्समा स्वतः भाषा अनुवाद हुन्छ ।

साथै गुगल ट्रान्सलेटको एन्ड्रोइड तथा आईओएस एपमार्फत पनि यो सुविधा लिन सकिन्छ ।

नेपाल भाषा नेपालमा बोलिने पुरानो भाषामध्ये पर्छ। यसलाई हालै बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषा समेत घोषणा गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here