गोरखाका नौ विद्यालय एसईईमा निल

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गोरखाका नौ वटा विद्यालयबाट शून्य प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

पालिकाहरूका अनुसार धार्चे गाउँपालिकाका चार, सिरानचोक गाउँपालिकाबाट तीन, गोरखा नगरपालिका र सहिदलखन गाउँपालिकाका एक–एक विद्यालयबाट शून्य प्रतिशत उत्तीर्ण भएका हुन्। जिल्लाबाट सहभागीमध्ये ३३ प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन्।

जम्मा तीनहजार छसय २८ जनाले परीक्षा दिएकामा एकहजार एकसय ६३ जना उत्तीर्ण भएका र दुईहजार चारसय ६५ जना परीक्षार्थीहरूको नतिजा अवर्गीकृत(एनजी) भएको शिक्षा बिकास तथा समन्वय इकाई गोरखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here