सीटीईभीटीले साढे पाँच हजार विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले शैक्षिक सत्र २०८१\०८२ मा साढे पाँच हजार विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । परिषद्ले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

सिटीभीका अनुसार प्रि-डिप्लोमा र डिप्लोमामा गरी कुल पाँच हजार ४१० विद्यार्थीलाई छात्रवृत्ति दिने भएको हो । जसमध्य तीन वर्षे डिप्लोमामा ३ हजार ७६३ जना र १८ महिनाको प्रि-डिप्लोमामा १ हजार ६४७ जना विद्यार्थीले छात्रवृत्ति पाउने छन् ।

सीटीईभीटीका अनुसार छात्रवृत्तिका लागि योग्यता पुगेका विद्यार्थीहरूले १३ साउनभित्र अनलाइन आवेदन फाराम भर्नुपर्नेछ ।
छात्रबृत्ति कार्यक्रममा सहभागी हुनका लागि डिप्लोमामा स्वास्थ्य कार्यक्रमहरू अध्ययन गर्न मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषय लिई एसएलसीरएसईई वा सो सरहको परीक्षा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण वा कुल प्राप्ताङ्कमा ४५ प्रतिशत वा २।० जीपीए ल्याएको हुनुपर्छ ।

अन्य विषय अध्ययन गर्न १.६ जीपीए ल्याएको हुनु पर्नेछ । यता प्रि(डिप्लोमाको अध्ययन गर्न मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलससी वा एसईई न्यूनतम ई ग्रेड वा सो सरह वा ग्रेड सिट प्राप्त गरेको हुनु पर्नेछ ।

त्यस्तै एसईई मौका परीक्षामा समावेश हुने परीक्षार्थीहरूले समेत सीटीईभीटीको प्रवेश परीक्षामा सामेल हुन पाउने बताइएको छ । विद्यार्थीले परिषदबाट सञ्चालन सम्बन्धनरस्वीकृति पाएका आङ्गिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा ९टीईसीएस० र निजी स्तरमा सञ्चालित शिक्षालयमा अध्ययन गर्न सक्ने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here