थमन विक हत्या प्रकरण: फरार प्रतिवादी पूर्व प्रदेश सांसद यादव पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । उनलाई प्रहरीले आइतबार जिल्ला अदालत महोत्तरीमा पेश गरेको हो ।

महोत्तरीको पोखरभिन्डामा यादवले चलाइरहेको गाडी दुर्घटनामा परेको र दुर्घटनामा परेको गाडीसहित भाग्न खोज्दा प्रहरीले यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोही मुद्दामा नेकपा एमालेका प्रतिनिधि साभा सदस्य लक्ष्मी महतो कोइरी जिल्ला अदालतबाट सफाइ पाइसकेका छन् ।

०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो ।

जिल्ला अदालतले मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई विकको हत्या मुद्दामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्म कैदको सजाय तोकिएपछि हाल फरार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here