रविन्द्र जडेजाले लिए सन्यास

एजेन्सी । भारतीय क्रिकेट टिमका अलराउन्डर रविन्द्र जडेजाले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । आइतबार इन्स्टाग्राममार्फत जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

विश्वकपको उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने उनी तेस्रो खेलाडी बनेका छन् । यसअघि शनिबार कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहलीले सन्न्यासको घोषणा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here