भेनेजुयला र इक्युडर क्वाटरफाइनलमा, मेक्सिको बाहिरियो

एजेन्सी । कोपा अमेरिका फुटबलको समूह ‘बी’को अन्तिम खेलमा भेजेजुयलाले जमाकाइलाई ३-० गोलले हराउँदा मेक्सिको र इक्युडरले गोलरहित बराबरी खेलेका छन्।

युनिभर्सिटी अफ फोनिक्स स्टेडियममा आज विहान सकिएको खेलमा भेनेजुयलाका लागि ४९औं मिनेटमा एडवार्ड बेलो, ५६औं मिनेटमा सोलोमन रोन्डोन र ८५औं मिनेटमा इरिक रमिरेजेले एक-एक गोल गरे।

जितसँगै भेनेजुयला क्वाटरफाइनलमा प्रवेश गरेको छ। उता बराबरी खेलेको इक्युडर पनि क्वाटरफाइनलमा पुगेको छ। समूह ‘बी’ बाट मेक्सिको र जमैका बाहिरिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here