सोह्रखुट्टे-बालाजु सडक भासियो, यातायात आवागमनमा बाधा( फोटोफिचर)

काठमाडौं । काठमाडौंको सोह्रखुट्टे-बालाजु सडक भासिएको छ । बुधबार सोह्रखुट्टे—बालाजु सडक खण्डमा करिव ११ फिट गहिरो खाल्डो परेको हो । सडक भासिएसँगै यातायात आवागमनमा बाधा पुगेको छ ।

आज बिहान काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । सडक भासिँदा माेटरसाइकल खाल्डाेभित्र खसेकाे थियाे। माेटरसाइकल चालक भने सकुशल रहेका छन्। खाल्डाेमा खसेकाे माेटरसाइकललाई क्रेनकाे सहायताले बाहिर निकालिएकाे छ।

सडक भासिकाे ठाउँबाट पानी आइरहेको छ। उक्त पानी प्रहरीले माेटरकाे प्रयाेग गरी निकालिरहेकाे छ। केकति कारणले सडक भासिएकाे बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ।

सडकमा क्षति पुगेसँगै सवारीसाधनहरू एकतर्फीरूपमा आलोपालो चलिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here