संसद बैठकको सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रशारण गर्न माग

काठमाडौं । संसद बैठकको सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रशारण गर्न माग गरिएको छ।

राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले बुधबारको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै यस्तो माग राखेका हुन् ।

सांसद परियारले हाल संसदको गतिविधि थाहा पाउनबाट बहिरा समुदाय वञ्चित भएको भन्दै माग राखेको बताए । ‘नेपालमा रहेका हजारौं बहिरा समुदायले सूचना पाउनुपर्ने भन्दै संसदमा सांकेतिक भाषा दोभासे राख्न सरकारसँग माग गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here