क्रसर व्यवसायी र सरकारबीच तीनबुँदे सहमती, आन्दोलनको कार्यक्रम स्थगित

काठमाडौं । क्रसर व्यवसायीहरुको माग सम्बोधनका लागि पहल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहमत भएको छ । माइतीघर मण्डलामा धर्ना बस्दै आएका क्रसर व्यवसायी तीन सातादेखि धर्नामा थिए । सहमती भएसँगै तीन सातादेखि जारी आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीको उपस्थितिमा भएको वार्तामा तीन बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।

वार्तामा संसदमा दर्ता भएको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक २०८० छिटो पारित गर्न मन्त्रालयले समन्वयकारी भूमिका खेल्ने, नवीकरण छुट भएका उद्योगहरुको नवीकरणका लागि आवश्यक व्यवस्था गर्ने सहमती भएको छ ।

त्यस्तै २०७९ साल माघ ११ गतेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय कार्यान्वयन गराउन पनि भूमिका खेल्ने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here