चिरीबाबुलाई अख्तियारले काट्यो पत्र, भौतिक रुपमा उपस्थित हुन आग्रह

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकालाई पत्र काटेको छ। महानगले बाढी पहिरोबाट वडा नम्बर २४ स्थित नगर पालिकाको निर्णय विपरीत बाढी पीडितलाई एक लाख पचास हजार र दुई लाख पचास हजार रकम बाँडेको विषयमा बुझ्न उपस्थित हुन पत्र काटेको हो।

२०७७ सालमा धापाखेलमा आएको बाढी पहिरोका पीडितलाई नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरलाई हानि हुने काम गरेको भन्ने व्यहोराको यस आयोगमा दर्ता भएको छ, पत्रमा छ । आयोगले उक्त उजुरीको अनुसन्धानको क्रममा कुरा बुझ्नुपर्ने भन्दै मेयर चिरीबाबु मर्हजनलाई आयोगमा उपस्थित भई अनुसन्धानमा सहयोग गर्न अनुरोध गरेको हो ।

पत्रमा असार २६ गते बिहान १० बजे सक्कल नागरिकता र पासपोर्ट साइजको फोटोसहित आयोगको महाशाखा नम्बर ३ मा उपस्थिति हुन भनिएको छ।
बुधबार महानगरका मेयर चिरीबाबु महर्जनले अख्तियार आयुक्त सुमित्रा अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here