पहिरोले बीपी राजमार्ग र मध्य पहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं । आज राती देखिको अविरल वर्षाका कारण आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

त्यसैगरि पहिरो कै कारण गोलन्जोर गाउँपालिका(६ अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको हो । हाल पहिरो पन्छाउने काम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here