काठमाडौंको नागार्जुनमा पहिरो जाँदा एक जनाको मृत्यु

काठमाडौं । पहिरोका कारण काठमाडौंको नागार्जुन नगरपालिका ३ सिंगल ट्रिनजिकै एक जनाको मृत्यु भएको छ ।

बर्षाका कारण शनिबार विहान सवा ११ बजे स्थानीय ट्रपिकल रेष्टुरेन्टको भान्साकोठा पहिरोले पुरिएको प्रत्यक्षदर्शी कल्याण दुवाडीले बताए। भान्साकोठा पुरिँदा गोरखाको शहीद लखन गाउँपालिका-६ घर भएका २२ वर्षिय मनोज बिकको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पहिरोले घर पुरिँदा बिक गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here