कोपा अमेरिका : ब्राजिल क्वाटरफाइनलबाटै बाहिरियो

file

काठमाडौं । ब्राजिल कोपा अमेरिकाको क्वाटरफाइनलबाटै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा विजयी भएको उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको हो । लसभेगासमा आइतबार सम्पन्न क्वाटरफाइनलमा उरुग्वेले ब्राजिललाई पेनाल्टीसुटआउटमा ४–२ ले हरायो ।

निर्धारित समयमको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । उरुग्वेका लागि फेडरिक भलभर्डे, रोड्रिगो बेन्टाकुर, जर्जियन डे अराकास्टा र मानुएल उगार्टेले पेनाल्टीमा गोल गरे । जोस मारिया जिमिनेसको प्रहार ब्राजिलका गोलकिपर एलिसनले बचाए ।

ब्राजिलका लागि आन्द्रेज परेइरा र गाब्रीएल मार्टिनेलीले मात्र पेनाल्टीमा गोल गरे । एडर मिलिटाओको प्रहार उरुग्वेका गोलकिपर सर्जियो रोचेटले बचाए भने डोगलास लुइसको प्रहार पोष्टमा लागेको थियो । उरुग्वेले फाइनल प्रवेशका लागि कोलम्बियासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । कोलम्बियाले पानामालाई ५–० ले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here