अधिक वर्षा र विपदमा परी दुई दिनमै कम्तिमा ९ जनाको मृत्यु

file

काठमाडौं । राजधानी उपत्यकासहित देशका विभिन्न भूभागमा अधिक वर्षा हुँदा ठुलो जनधनको क्षति भएको छ । यस्तो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेको छ । बाढी र पहिरोको उच्च जोखिम अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विगत २४ घण्टामा बाढी–पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता छन् । यससँगै मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।

शनिबार पहिरोले पुरिएर स्याङ्जामा दुई जना, पर्वतमा दुई जना र काठमाडौँमा एक जना, काभ्रेमा दुई जना, तनहुँमा एक जना र दाङमा एक जना गरी नौ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका–११ मा खोला तर्ने क्रममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

शनिबार साँझ भ्याकुरे खोला तर्ने क्रममा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उहाँकी पाँच वर्षीया भदै सेतीमाया रुजाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

त्यस्तै तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको र शुक्लागण्डकी नगरपालिका–१३, काउरेमा पहिरोमा पुरिएर तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

काउरेका ४० वर्षीय हीरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएको र खोजी जारी छ । खोलाले बगाएर दाङमा एक जना, पर्वतमा दुई जना र दोलखामा एक जना गरी सात जना बेपत्ता छन् ।

पहिरोले तनहुँमा पुरिएर चार जना, गुल्मीमा एक जना र ओखलढुङ्गामा दुई जना गरी सात जना घाइते भएका छन् । काठमाडौँको नागार्जुनमा पहिराले रेस्टुरेन्ट पुरिँदा गोरखाका मनोज विकको मृत्यु भएको छ ।

स्याङ्जाको बिरुवा–६, लामाखेतमा ईश्वरी लम्सालको घर पुरिँदा ६५ वर्षीय गुह्येश्वरी शर्मा मरासिनी र ५८ वर्षीय हरिदेवी शर्माको मृत्यु भएको छ । ६६ वर्षीय माधव शर्मा बेपत्ता छन् । लम्साल परिवारका पाँच जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । बाढीका कारण दाङमा दुध बेच्न गएका एक किसान र दोलखामा एक महिला बेपत्ता छन् ।

गौरीशङ्कर नगरपालिका–८ मा माथिल्लो भेगमा आएको हिउँपहिरोपछि रोल्वालिङ खोलामा आएको बाढीले आठ घर बगाएको छ । स्थानीय होटल व्यवसायी जाङ्मु शेर्पालाई बाढीले बगाएको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार विगत २४ घण्टामा देशभरमध्ये गण्डकी क्षेत्रमा अधिक भारी वर्षा भएको छ । महाशाखाका अनुसार सो प्रदेशको पाल्पा कुमाल गाउँमा २०२ मिलिमिटर र आसपासका क्षेत्रमा ३०० मिलिमिटर वर्षा भएको हो ।

लुम्बिनीको दाङमा २७१ मिलिमिटर वर्षा भएको आइतबारदेखि लुम्बिनीदेखि सुदूरपश्चिम भेगमा अति भारी वर्षाको सम्भावना रहेकाले विभागले जनाएको छ । तर्दा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here