उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै यस्तो निर्देशन दिएका हुन् ।

उनले सम्भावित जोखिमप्रति आवश्यक सुरक्षा सतर्कता अपनाउन नागरिकलाई अनुरोध समेत गरेका छन् ।

सरकारले आवश्यक पूर्वतयारीको काम गरिरहेको भन्दै उनले सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिलसमेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here