सुन हालसम्मकै उच्च मूल्यमा

काठमाडौं । आइतबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। आज सुन एकैै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेर नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकिएको हो । यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज सो रेकर्ड तोडिएको छ ।

त्यस्तै चाँदीको भाउ आइतबार तोलामा २० रुपैयाँ बढेको छ । शुक्रबार प्रतितोला १ हजार ८७० रहेको थियो । आज १ हजार ८९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here