१४ किलो २५० ग्राम चाँदीसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले १४ किलो २५० ग्राम चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ ।

सिआईबीले आइतबार ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीमा चाँदीसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अमन कुमार, २६ वर्षीय विकीकुमार साह र सवारी चालक श्रवणप्रसाद कानु छन् ।

गाडीमा चाँदीका गरगहना राखेर अवैध रुपमा ल्याइँदै गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here