सुनको भाउ घट्यो, चाँदी भने स्थिर

फाइलफोटो

काठमाडौं । स्थानीय बजारमा सुनकाृ भाउ तोलाको ४ सय रुपैयाँले घटेको छ। सोमबार नेपाल सुनचाँदी महासंघले नेपाली बजारमा सुनको मूल्य १ लाख ४५ हजार तोकेको छ ।

आइतबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेको थियो । हिजो सुन तोलाको १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको हो ।

आज चाँदीको भाउ भने स्थिर रहेको महासंघले जानकारी दिएको छ । आइतबार चाँदी तोलाको १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here