कोलम्बिया पुग्यो कोपा अमेरिकाको फाइनलमा

काठमाडौं । दश खेलाडीमा सीमित कोलम्बियाले बिहीबार उरुग्वेलाई १–० लाई पराजित गर्दै कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । अब आइतबार हुने फाइनलमा कोलम्बियाले अर्जेन्टिनाको सामना गर्नेछ । जेफर्सन लेरमाले पहिलो हाफमा गरेको गोल निर्णायक रह्यो ।

पहिलो हाफको इन्ज्युरी समयमा कोलम्बियाले ड्यानिएल मुनोजलाई गुमाएको हो । उनी दोहोरो पहेँलो कार्डमा मैदान छाड्न बाध्य रहे र कोलम्बियाले पूरा दोस्रो हाफ दश खेलाडीमा रहेर खेलेको थियो ।

कोलम्बियाका लागि लेरमाले ३९औं मिनेटमा गोल गरेका हुन् । उनले जेम्स रोड्रिग्वेजले निकालेको सुन्दर पासमा हेड गर्दै गोल गरेका हुन् । लयमा देखिएका रोड्रिग्वेजको यस कोपा अमेरिकामा सिर्जना गरेको यो पाँचौं अवसर हो ।

यससँगै उनले एउटा संस्करणमा कसैले सिर्जना गरेको सबैभन्दा बढी गोलको अवसरको कीर्तिमानमा लियोनल मेसीलाई उछिनेका छन् ।

यो जितसँगै कोलम्बियाको २८ खेलको लगातार अपराजित यात्रा कायम रह्यो । कोलम्बिया कोपा अमेरिकाको फाइनल पुगेको यो २३ वर्षयता पहिलो पटक हो । उसले अन्तिम पटक सन् २००१ मा फाइनल खेलेको थियो र त्यति बेला मेक्सिकोलाई हराएर पहिलो पटक उपाधि जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here