प्रतितोला २०० रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, १३ असोज । सोमवार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ७० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

आइतवार ७० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा सोमवार २ सय रुपैयाँले कमी आएको हो ।

तेजावी सुनको मूल्यमा पनि २ सय रुपैयाँले कमी आएको छ । आइतवार प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन सोमवार ६९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

सोमवार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । आइतवार प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा ५ रुपैयाँले कमी आउँदै सोमवार ८ सय ६० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here