त्रिशुलीमा बेपत्ता व्यक्तिहरूको आफन्तलाई नि :शुल्क खाना र बासको व्यवस्था

काठमाडौं । चितवनको सिमलताल पहिरोले बगाएर त्रिशुलीमा बेपत्ता भएका व्यक्तिहरूको आफन्तलाई नि:शुल्क खाना र बासको व्यवस्था गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो जानकारी दिएको हो । प्रवक्ता डिजन भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै बेपत्ता परिवार खोज्न चितवन पुगेका आफन्तहरूलाई निस्शुल्क खाना र बासको व्यवस्था गरिएको जानकारी दिए।

स्थानीय होटल व्यवसायीसँग समन्वय गरी खाना र बासको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।

गत शुक्रबार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँद गरेको बागमती प्रदेश ०३(००१ ख २४९५ नम्बरको गणपति डिलक्स नामको बस पहिरोले त्रिशुलीमा बगाएको थियो।

हालसम्म दुई वटै बस फेला पर्न सकेको छैन। सोमबार बिहानसम्म ११ जनाको शव फेला परेकोमा पाँच जनाको सनाखत भएको छ।