त्रिशुलीमा बेपत्ता व्यक्तिहरूको आफन्तलाई नि :शुल्क खाना र बासको व्यवस्था

काठमाडौं । चितवनको सिमलताल पहिरोले बगाएर त्रिशुलीमा बेपत्ता भएका व्यक्तिहरूको आफन्तलाई नि:शुल्क खाना र बासको व्यवस्था गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो जानकारी दिएको हो । प्रवक्ता डिजन भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै बेपत्ता परिवार खोज्न चितवन पुगेका आफन्तहरूलाई निस्शुल्क खाना र बासको व्यवस्था गरिएको जानकारी दिए।

स्थानीय होटल व्यवसायीसँग समन्वय गरी खाना र बासको व्यवस्था गरिएको विज्ञप्तिमा उल्लेख छ।

गत शुक्रबार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौर जाँद गरेको बागमती प्रदेश ०३(००१ ख २४९५ नम्बरको गणपति डिलक्स नामको बस पहिरोले त्रिशुलीमा बगाएको थियो।

हालसम्म दुई वटै बस फेला पर्न सकेको छैन। सोमबार बिहानसम्म ११ जनाको शव फेला परेकोमा पाँच जनाको सनाखत भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here