बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु ,६ जना घाइते

काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ। बाढीबाट एक जना बेपत्ता छन् भने ६ जना घाइते भएका छन् ।

गत राति वडा नम्बर १२ स्थित गिजा खोलामा आएको बाढीले घर बगाउँदा आठ वर्षीया हितमाया पुन, पाँच वर्षीया धनिसा पुन र चार वर्षीया मनिसा सार्कीको मृत्यु भएको हो ।

बेपत्ता हुनेमा ४० वर्षीय डिल्ली बुढाथोकी छन् । त्यस्तै घाइतेहरुमा ६५ वर्षीया मनसरी पुन, २२ वर्षीया अनिसा पुन, २० वर्षीया धनमाया पुन, ४ वर्षीय मेक्सन पुन, २९ वर्षीय जनक खत्री, १० वर्षीय विजय सार्की र ६५ वर्षीया कल्पना कामी छन् । उनीहरुलाई राति नै उद्धार गरी नगर अस्पताल पठाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here