अबैध सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिक पक्राउ परेका छन्। सारजहाबाट अवैध तरिकाबाट सुन ल्याएको फेला परेपछि उनी पक्राउ परेका हुन्।

प्रहरीले ४१ वर्षीय भारतीय नागरिक दिपक जयरामदास घिडलाई सुनसहित पक्राउ गरेको हो।

उनी एयर अरेबियाबाट आएका थिए । उनलाई विमानस्थल भन्सार चेकिङ एरियामा ९९ ग्राम ४१ मिलिग्राम तौलको सुनको सिक्री १ थान, बाला २ थान सहित नियन्त्रणमा लिइएको हो।

उनको साथबाट मोबाइल ४ थान र ल्यापटप ४ थान पनि फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here