नयाँ आवको शुरुवातसँगै सेयर बजारमा सकारात्मक संकेत, ९ अर्ब १३ करोड बढीको कारोबार

काटमाठौं । चालु आर्थिक बर्ष २०८१\८२ को पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक उच्च अंकले बढेको छ ।

मंगलबार नेप्से ७० दशमलव १८ अंकले बढ्दै २३ सय १० को विन्दुमा पुगेर बजार बन्द भएको हो । ३ सय १५ कम्पनीका २ करोड ५८ लाख ३६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँ पुगेको छ ।

आज ९ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here