अत्यावश्यकबाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई दूतावासको अनुरोध

काठमाडौं । बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ । राजदूतावासले आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको हो ।

कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

त्यस्तै नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएको छ ।

बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले गरेको आन्दोलनमा ६ जनाको मृत्यु भएको छ । अर्को सूचना जारी नभएसम्मका लागि बंगलादेशका विद्यालय र विश्वविद्यालय बन्द गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here